२०८१ माघ ९ गते बुधवार

पुजनले बनाईन् एमटीलाई ‘फिदा’ (भिडियो सहित)

पुष २ । एक पछि अर्को गर्दै म्यूजिक भिडियोमा मोडलका रुपमा देखा पर्दै आएकी पुजन घिमिरे कलाकारीता क्षेत्रमा प्रतिभावान कलाकारका रुपमा दरिएकी छिन् । अभिनय तथा नृत्यमा ‘जादु’ छर्ने उनि अहिले म्यूजिनक भिडियोको काममा निकै ब्यस्त छिन् । उनै ब्यस्त पुजनद्धारा अभिनित ‘सिलाई देउन कोट’ बोलको गीत हालै मात्रै सार्वजनिक भएको छ । लोक पपमा आधारित यो गीतमा पनि पुजनले आँफूलाई ‘फिट’ राखेकी छिन् । उनको हाउभाउ संगै नृत्यमा देखाएको कलाकौशलले यो गीतलाई थप रोमाञ्चक बनाईदिएको छ ।

पुजनले यो गीतले आफ्नो कलाकारीता क्षेत्रको सफलतामा एक ईटा थपिने आशा जगाएकी छिन् । ‘मैले सकेजति राम्रो गर्न खोजेकी छु,’ उनले भनिन् ‘समग्रमा गीत राम्रो बनेको छ, मलाई आशा छ , यो गीतले मेरो कलाकारीता क्षेत्रलाई थप उचाईमा पुर्याउने छ । ’गाएक एमटी महरको गायकीमा रहेको यो गीतमा पुजनसंगै एमटीले समेत अभिनय गरेका छन् ।

अविवाहित युवकले विवाहका लागि गरेको ‘हतारो’ को प्रसंगलाई यो गीतमा उतारिएको छ । भिडियोमा सौन्दर्यताले भरिएकी पुजनलाई देखेर एमटी फिदा बनेको र उनैसंग विवाह गर्नका लागि एमटी हतारोमा देखिएका छन् । यसर्थ विवाहका लागि नयाँ कोट सिलाईदिनका लागि एमटीले आफ्ना बाबुलाई आग्रह गरेको दृष्य भिडियोमा देखाईएको छ । धनसिंह गिरीको शब्द लेखन रहेको यो गीतमा संगित एमटी महरले आँफै भरेका छन् । गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका छन् ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *