२०८२ चैत्र २ गते सोमवार

सुनको मूल्य एकैदिन २ हजार रुपैयाले बढयो

काठमाडौं,जेठ १६ । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार चार सय रुपैयाँ बढेको छ।

गत कारोबार दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन दुई हजार चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दश हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *