२०८२ चैत्र २ गते सोमवार

शेयर बजार दोहोरो अङ्कले घटेर १९ सय विन्दुभन्दा तल झर्‍यो

काठमाडौँ,बैशाख १३ । शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ विन्दुमा झरेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । आज २ सय ६४ वटा कम्पनीका २५ लाख ७१ हजार कित्ता शेयर ८४ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज जनउत्थान सामुदायिक लघुवित्तको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *