२०८३ बैशाख ३ गते बिहिवार

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ,फागुन २९ । हिजो तोलामा १ हजार ७ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ४ हजार एक सय रुपैयाँ छ । हिजो एक लाख ३ हजार ५ सय रुपैयाँ थियो ।

सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

अमेरिकामा बेरोजगारीको संख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेकोउनले बताए ।

त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेर एक हजार दुई सय ५५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ हिजो तोलामा २५ रुपैयाँले बढेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *