२०८१ चैत्र १४ गते बिहिवार

सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ ,माघ २३ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ ।

हिजो १ लाख ४ हजार १ सय रुपैयाँ थियो । गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।

सुनको भाउ बढे पनि आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि हिजो जस्तै तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *