२०८१ बैशाख १२ गते बुधवार

आज सुनको मूल्य घट्यो

काठमाडौँ,माघ ३ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार एक सय पुगेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार छ सय छ ।

यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार तीन सय ९० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *