२०८१ बैशाख १३ गते बिहिवार

सुनको मूल्य आजपनि घटयो

काठमाडौँ ,पुस २७ । नेपाली बजमारमा सुनको मूल्य बुधबारपनि घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको हाे।

यस्तै,आज तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। केहीदिनयता निरन्तर बढेकाे सुनकाे मूल्य हिजाे मंगबारबाट घट्न थालेकाे हाे।

यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार सय रुपैयाँ निर्धारण भएको थियो।

यता, बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ। बुधबार चाँदीको भाउ १३ सय ६५ रुपैयाँ कायम रहेको छ।

 

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *