२०८१ बैशाख १० गते सोमवार

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

काठमाण्डौ ,पुस १ । सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीको १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुन एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । चाँदी हिजो तोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *