२०८१ बैशाख १२ गते बुधवार

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

काठमाडौँ, मंसिर २३ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ ।

बिहीबार प्रतितोला रु. ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार आठ सय छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९९ हजार दुई थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु. ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *