काठमाडौं,साउन २२ । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनका भाउ पनि ९५ हजार ८ सय रुपैयाँमा आइपुगेको छ।
आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार