२०८१ पुष २९ गते सोमवार

शेयर बजार २५ अङ्कले बढ्यो, तीन अर्ब रुपैयाँको कारोबार

काठमाण्डौ,फागुन ९ । हिजो आइतवार ३९ अङ्कले घटेको शेयर बजार आज सोमवार भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १८ दशमलव ५१ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेको छ । आज दुई सय २५ कम्पनीका ४९ लाख ९२ हजार कित्ता शेयर दुई अर्ब ९९ करोड ९७ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २६ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र गुराँस लघुवित्त कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । कालिका लघुवित्त कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *