२०८२ कार्तिक २४ गते सोमवार

नेप्से ५६ अङ्कले घट्यो, १६ जलविद्युत् कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाण्डौ,भदौ ८ । लगातार बिदाका कारण चार दिनपछि शेयर बजार राताम्मे भएको छ ।

नेप्से आज मङ्गलवार ५६ अङ्कले घटेर तीन हजार एक सय २४ दशमलव ८७ विन्दुमा झरेको छ ।

आज फाइनान्स र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर दुई सय ४४ अङ्कले, जलविद्युतको शेयर दुई सय ३२ अङ्कले घटेको छ । यस्तै बैंकिङ समूहको शेयर दुई सय दुई अङ्कले, व्यापारको ६२, होटलको १७, उत्पादनको एक सय ५७, अन्यको ३०, माइक्रोफाइनान्सको ३१ र जीवन बीमा समूहको शेयर एक सय ४३ अङ्कले घटेको छ ।

आज १६ जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेको सूचीको सुरुका ३१ कम्पनी जलविद्युत् समूहकै परेका छन् । समग्र बजार घटे पनि गुराँस फाइनान्स र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २५ कम्पनीका दुई करोड ५३ लाख १६ हजार कित्ता शेयर १६ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन् ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावरको ७५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *