२०८१ चैत्र ६ गते बुधवार

सहकारीले आफ्ना सदस्यलाई बिना ब्याज ऋण दिने

घोराही, जेठ ३ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना संक्रमित आफ्ना सदस्यहरुका लागि बिना ब्याज कोभिड उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्ने भएको छ ।

सहकारी संस्थाको बैठकले संक्रमित सदस्यहरुको औषधी उपचारका लागि पहिलो चरणमा दूई महिनासम्म ब्याज नलिने गरी बढिमा एक लाख रुपैयाँ ‘कोभिड उपचार ऋण’ उपलव्ध गराउने निर्णय गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए ।

सहकारी संस्थाले कोरोना भाइरस पुष्टी भइ उपचाररत आफ्ना शेयर सदस्यहरुलाई बढीमा ४ हजारसम्मका स्वास्थ्य तथा पौष्टिकयुक्त खाद्य वस्तुहरु प्रदान गर्ने भएको छ ।

संक्रमितहरुको सुविधाको लागि मास्क, ह्यान्ड स्यानीटाइजर, फेस सिल्ड, ह्यान्ड वास, इम्युनोकेयर, बदाम, ओखर, भेज सुप,आयुर्वेदिक तुलसी लगाएतका सामानहरु उपलव्ध गराइने संस्थाका अध्यक्ष शर्माले बताए ।

संक्रमित सदस्यहरुका लागि संस्थामा स्थापित सदस्य कल्याण कोषको निश्चित प्रतिशत रकम र संस्थामा आवद्ध अन्य सदस्यहरुबाट स्वेच्छिक रुपमा प्राप्त हुन सक्ने रकमलाई समेतबाट कोषको स्थापना गरिएको शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *