२०८२ बैशाख ११ गते बुधवार

आज देखि सबै आन्तरिक उडान बन्द

काठमाडौं, बैशाख २१। आज देखि सबै आन्तरिक उडानहरु बन्द भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि मन्त्रिपरिषद् बैठकले गएरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै आउँदो बिहीवारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन् ।

भारतसँगको उडान पनि सङ्ख्या घटाएर हप्तामा दुईवटा कायम गरेको छ । ती उडानबाट नेपाल आउँदा अनिवार्य १० दिन सरकारले तोकेको होटेल क्वरेण्टीनमा बस्नुपर्ने छ ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *