असोज १२ । सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन ।
सुनको भाउमा आइतबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै चाँदीको भाउ पनि आज कुनै परिवर्तन भएको छैन । आज चाँदी प्रति तोला एक हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
