रीता लामा, घोराही, मंङ्सिर १०। घोराही १८की सरस्वती खत्री, घोराही, ९ की डिला चौधरी, तुलसीपुरकी दीपा बस्नेत, देउखुरीकी पिङ्की सिङ लगायतकाहरु अहिले घोराही उपममहानगरपालिका वडा नम्वर १३मा रहेको एक घरमा बस्छन । आफ्ना आफन्त, घर परिवारबाट अपहेलना, दुव्र्यवहार, यातना सहन नसेकेर घरबाट निस्कन बाध्य उनीहरु अहिले एकै थलोमा बसेर सामुहिक व्यवसाय गरिरहेका छन ।
नेपाल महिला सामुदायिक केन्द्रकी विमला योगीले दिएको चार कठ्ठा जग्गा र सानो घरमा उनीहरुको गुजारा चलिरहेको छ । उनीहरुले त्यहाँ बस्ने र खानेमात्रै गर्दैनन, सामुहिक रुपमा कुखुरापालन, बाख्रापालन र च्याउ खेति गरिरहेका छन । त्यहीबाट हुने आम्दानी उनीहरुको रोजिरोटीको माध्यम बनेको छ ।
उनीहरु त्यसरी सामुहिक रुपमा बस्न थालेको करिव ६ बर्ष नाघिसक्यो । हिंसा प्रभावितहरुको क्षेत्रमा काम गर्ने संघसस्था होस वा सरकारी सेवा केन्द्रहरुमा, लामो समयसम्म बस्न नपाउने व्यवस्था भए पछि उनीहरु सामुहिक रुपमा बस्ने र व्यवसाय गर्न थालेको हुन । पुर्व हिंसा पीडित महिला रचना सुवेदीको पहलमा यो सम्भव भएको हो । उनीले नै हिंसा पीडित महिलाहरुलाई यसरी एकिकृत गरेकी हुन । अहिले उनीहरु त्यसलाई ‘सक्षम महिला सामुदायिक संस्था’ भन्ने नाम समेत दिएका छन ।
जहाँ उनीहरुले व्यवसायसँगै सिलाइ सिकाइ, हाते बुनाइ पनि सिकिरहेको संस्थाकी प्रमुख रचना सुवेदी बताउछिन । ‘अघिको जीवन जे जस्तो भए पनि पछिको जीवन राम्रो हुन्छकी भन्ने कल्पना गरेर सुरुवात गरेका हौ ।’ उनले भनिन ‘हामीसँग पैसा छैन, ऋण गरेर काम थालेका छौ, सफलता असफलता समयले बताउने छ ।’अहिले उनीहरुको कुखुरा फार्ममा दैनिक तीन देखि ४ क्यारेट लोकल अण्डा उत्पादन भैरहेका छन भने एउटा कोठाभरी च्याउ उत्पादन भैरहको छ । यसैगरि १५ वटा स्थानिय जातका बाख्रा पनि उनीहरुले पालेका छन ।
२०६९ सालमा हिंसापीडित महिलाहरु एकजुट भएपछि जन्मिएको सक्षम महिला सामुदायिक संस्था अहिले थुप्रै पीडित महिलाहरुलाई पीडा भुलाउने बाटो बनेको छ । एकअर्काे का दुःख सुख सुनाउने थलो अहिले आत्मनिर्भरको बाटो तर्फ अगाडी बढेको छ । सामुहिक रुपमा काम गर्दा एक्लोपन हट्ने, संघर्ष गर्ने हिम्मत आउने, एक अर्काको सहयोगले हौसला थपिदै गएको उनीहरु बताउछन ।
छ, सात वर्षको अन्तरालमा हिंसा प्रभावित महिलाहरु यतिबे ला सक्षम भएका छन अहिले हाते हो जियारी मे शिनबाट कपडाहरु बुन्ने उद्यो ग सञ्चालन गरे का छन । के ही कृृषिमा छन । के ही साना–व्यवसायको बाटो बाट आयआर्जन गनेर् गरे का छन । ‘कुनै महिलाहरु हिंसामा परे पुनःस्थापना गृहमा राख्ने र, उनीहरुलाई आयआर्जनका निम्ति सीप विकासका तालिमहरु वा कृषि र पशुपालनतिर प्रे रित गर्ने सो चले उक्त संस्था स्थापना गरिएको अध्यक्ष सुवेदी बताउछिन ।