Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


सुनको भाउ ताेलामा चार सय रुपैयाँ बढ्याे


काठमाण्डौ,२६ माघ । सुनको भाउ आज आइतबार तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि तोलामा ४ सय रुपैयाँ नै बढेर सुनको भाउ तोलाको ७५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको माग बढेपछि भाउ बढ्ने गरेको छ । अहिले चीनमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा नै असर गर्ने देखिएकाले भाउ अनिश्चित बनेको महासंघले जनाएको छ ।

आज चाँदी भने तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal