२०८१ बैशाख ७ गते शुक्रवार

किसानलाई धान भित्रयाउन चटारो

यमकला भुसाल,तुलसीपुर,कार्तिक २४ ।  चाडपर्व सकिए लगत्तै किसानलाई धान भित्रयाउने चटारो बढेको छ । दाङका किसानहरु यति बेला खेतमा पाकेको धान काट्ने,सुकाउने दाउने र भित्रयाउने काममा व्यस्त छन ।

हिजो आज किसानहरु खेती स्याहार्नका लागी बिहान देखि बेलुकीसम्म खेतबारी मै देखिन्छन । जताततै धान पाकेर पहेँलपुर भएको छ ।

समयमै धान रोप्न पाएको भए असोज अन्तिम साताबाट धान स्यार्हान सुरु गथ्यौँ तर यसवर्ष समयमै पानी नपर्दा धान भित्रयाउन ढिलाई भयो,–तुलसीपुर ७ प्रर्सेनीका किसान रोसन चौधरीले भन्नुभयो ।

उहाँले यति बेला धान काटेर बाली भित्र्याउने र गहुँ बाली लगाउने सिजन भएकाले गाउँका सबै किसान खेतबारीमा व्यस्त रहेको पनि बताउनुभयो ।

वर्ष भरी खाने धानबाली घरमा भित्र्याउन करिब साता बढी लाग्छ,किसान शान्ती बिकले भन्नुभयो,–धान स्याहारेर सकिएपछि गहुँ लगाउनलाई खेत जोतेर तयार गर्नुपर्छ,अहिले हामीलाई भ्याइनभ्याई छ ।

किसानलाई धान काट्ने चटारो परिरहँदा जिल्लाका कतिपय ठाउँमा धान काट्ने मजदुर नपाएको किसानको गुनासो पनि छ । १६ कठ्ठा जमिन ठेक्कामा लिएर धान लगाएकी थिए,किसान बिमला वलिले भन्नुभयो,–तर धान काट्ने समयमा कोही पनि मजदुर पाउदैन,अहिले परिवारका सबै सदस्य मिलेर धान काटीरहेका छौँ । गाउँका अधिकाशं युवाहरु बैदेशिक रोजगारका लागी बाहिर जादाँ गाउँमा मजदुर पाउन गा¥हो भएको किसानहरु बताउँछन ।

त्यस्तै जिल्लाका कतिपय ठाउँमा समयमा आकाशबाट पानी नपरेकै कारण पनि रोपीएका धानहरु पसाउन नसकेको किसानको गुनासो छ । वर्षेनी असोज महिनाको अन्तिम साता देखि मसिंर अन्तिमसम्म जिल्लाका किसानहरु धानबाली भित्रयाउन र गहुँ मसुरो,चना लगाएतका बाली लगाउन मै व्यस्त हुने गर्दछन ।

 

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *