Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


ओमानमा २०५औँ भानुजयन्ती मनाइयो



ओमान,असार २८ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टरले भानु जयन्ती मनाएको छ । शुक्रवार १२ जुलाई २०१९ का दिन अलरिफ होटेल गोब्रामा एक साहित्यिक कार्यक्रम गरेर २०५औँ भानुजयन्ती भब्यताका साथ मनाइएको हो ।

समाजका अध्यक्ष सुशील पुन (विरही)को अध्यक्षता र गैर आवासीय नेपाली संघका सचिब डिबी क्षेत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । एनआरएन सोसल क्लब ओमानका अध्यक्ष सेवन्त (पुर्जा) पुनको बिशेष आतिथ्यमा भएको कार्यक्रममा अतिथिको रुपमा ओमानका क्रियाशिल सबै संघ संस्थाका प्रतिनिधिहरु,पत्रकार,साहित्यकार र अन्य साहित्यप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समाजका कोषाध्यक्ष तोलाकान्त भट्टराईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा साहित्यकार सुशील पुन (विरही)ले आदिकबी भानुभक्त आचार्यको जीवनी र योगदानको बारे प्रकास पाुर्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डिबी क्षेत्रीले मात्रै मन्तब्य व्यक्त गरेका थिए । अरु जम्मै साहित्य सर्जकहरुका रचना वाचनलाई स्थान दिइएको थियो । कार्यक्रममा राजु लामा,शालिकराम चापागाई,घनस्याम भण्डारी, तुकबहादुर राम्दान, जीवन कार्की, खेम खड्काथोकी, छबिलाल बस्नेत, कमल पराजुली, ईन्दिरा गुरुङ,सुशील पुन (विरही) , प्रतीक सँग्रामी, सोमकृष्ण श्रेष्ठ, कृष्ण भुसाल (प्यासी) , तोलाकान्त भट्टराई,ओमकार तामाङ्,यामप्रसाद पौडेल, शालिकराम आचार्य, हरि न्यौपाने,रञ्जित आचार्य,लोकेन्द्र सुनुवार सहित २२ जनाले आ–आफ्नो रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ८० जना साहित्यकारहरुको उपस्थिति रहेको थियो । रचना वाचन गर्ने सबैलाई सम्मान पत्र र खादाले सम्मानित गरिएको थियो । एनआरएन सोसल क्लबको विशेष सहयोग रहेको कार्यक्रममा,समिर श्रेष्ठ (युनिमोनी ईष्चेन्ज) को पनि महत्त्वपूर्ण सहयोग रहेको थियो ।

कार्यक्रमको सहजीकरण अनेसास कै महासचिव कृष्ण भुसाल (प्यासी)ले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal