२०८० चैत्र १६ गते शुक्रवार

भारतमा कोरोनाबाट एकैदिनमा ५०७ को ज्यान गयो

असार १७ । भारतमा एकैदिन कोरोनाबाट ५ सय ७ को ज्यान गएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५ सय ७ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १७ हजार चार सय पुगेको छ । भारतमा कोरोनाबाट एकैदिन ज्यान जानेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख ८५ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १८ हजार ६५३ नयाँ संक्रमित फेला परेका छन् भने ३ लाख ४७ हजार ९७९ कोरोना संक्रमित निको भइसकेका छन् ।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *