Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


कोरोना भाइरसः इटालीमा एकैदिन ४७५ जनाको मृत्यु


एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन ४७५ जनाको मृत्यु भएको छ।

इटालीमा हालसम्म ३५ हजार ७१३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ हजार जना स्वास्थ्य-लाभ गरी घर फर्किएका छन्।

कोरोना भाइरसका कारण इटालीमा सबैभन्दा बढी मृत्यु लोम्बार्डी क्षेत्रमा भएको छ। त्यहाँ एकैदिन ३१९ जनाको कोरनाभाइरसका कारण ज्यान गएको छ।

यो कोरोना भाइरसको संक्रमण सुरु भएयता इटालीमा एकैदिन भएको सर्वाधिक मृत्यु हो। योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या करिब ३ हजार पुगेको छ।

इटाली कोरना भाइरसबाट सर्वाधिक प्रभावित हुने चीनपछिको दोश्रो मुलुक हो। कोरोना भाइरसको रोकथामका लागि पूरै इटाली दुई सातादेखि ‘लकडाउन’मा छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal