२०८१ बैशाख ८ गते शनिवार

गोलाबारी हुँदा दुई जना गोर्खा सैनिकको ज्यान गयो


कात्तिक ४। आइतबार जम्मू-कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको ज्यान गएको छ । आक्रमणमा परि एक जना नेपाली नागरिक र अर्का एक जना नेपाली मूलका भारतीय सैनिकको ज्यान गएको छ ।
आक्रमणमा गोर्खा रेजिमेन्टका जवान पदमबहादुर श्रेष्ठ र राइफल म्यान गमिलकुमार श्रेष्ठको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पदमबहादुर श्रेष्ठ आसामको गोलाघाटका हुन् । ज्यान गुमाउने जवान गमिलकुमार श्रेष्ठ नेपालको पाल्पा जिल्लाका रहेको खुल्न आएको छ । भारतीय सेनाले पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै गरेको गोलाबारीमा एक जना सर्वसाधारणसहित दुई सैनिकको ज्यान गएको बताएकाे छ ।

गएको अगष्ट ५ मा जम्मू-कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेजपछि भारत-पाकिस्तानबीच तनाव बढ्दो छ । एजेन्सी

 

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *