२०८३ जेष्ठ २६ गते मङ्गलवार

सल्यान कुमाखमा माओबादीको सुरुवाति अग्रता

दाङ, बैशाख ३१ । सल्यानको कुमाख गाउँपालिकामा गएरातिदेखि मतगणना जारी छ ।
त्यहाँ ५०० मत गन्दा माओवादी केन्द्रको अग्रता लिएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशीले २६६ मत प्राप्त गर्दा नेपाली कांग्रेस – नेकपा एमाले गठबन्धनका मानबहादुर बुढाथोकीले २५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका धनसरा मल्लले २८४ मत प्राप्त गर्दा कांग्रेस–एमाले गठबन्धन लालबहादुर रावतले २१९ मत प्राप्त गरेका छन् ।

मतगणना वडा नं. १ बाट शुरू गरिएको छ । यो वडाको वडाध्यक्षमा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार डिल्ली रानाले ३१८ मत प्राप्त गर्दा कांग्रेस–एमाले गठबन्धनका प्रेम बहादुर बुढाथोकीले २०९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *