२०८१ बैशाख ७ गते शुक्रवार

मनोहर बुढाथोकीले १० लाख घुस खाएको आरोप (भिडियो सहित)

दाङ, पुस २६ ।
युवा संघ नेपालका प्रदेश नं. ५ का संयोजक मनोहर बुढाथोकीले प्रहरी र अदालतमा केश मिलाई दिन्छु भन्दै लाखौं घुस खाएको आरोप लागेको छ । बबई गाउँपालिका वडा नं. ५ हापुरे निवासी देवी पुनले पूर्व नेकपा एमाले दाङका जिल्ला सचिवालय सदस्य समेत रहेका बुढाथोकी माथि त्यस्तो आरोप लगाएकी हुन ।

पुनका छोरा तथा ट्रक चालक बासुदेव पुनमाथि लागेको करणी मुद्दा मिलाइ दिने भन्दै युवा नेता बुढाथोकीले दश लाख सात हजार रुपैंया लगेको पुनले बताएकी छन् । नेकपा पार्टी कार्यालय घोराही दाङमा विहीवार पुनले उक्त आसय सहितको ‘न्याय दिलाई पाउँ’ भन्ने निवेदन दिएकी छन् । देवी पुनले निवदेनमा आफुपनि नेकपाकै कार्यकर्ता भएको उल्लेख गरेकी छन् । पुनले आफ्नो छोरा बासुदेव हालसम्म तौलिहवा कारागारमै रहेको जानकारी दिएकी छन् ।

बासुदेश २०७४ साल माघ २३ गते पक्राउ परेका थिए । त्यसपछि नेता बुढाथोकीले तपाँईको छोरा निर्दोश छ र छुट्छ भन्दै देवी पुनलाई आँफै फोन सम्पर्क गरेको निवदेनमा उल्लेख छ । ‘प्रहरी र वकिललाई घुस खुवाउन पैंशा दिनुपर्छ भन्नु भयो,’ देवी पुनले भनिन् ‘ मैले पटक पटक गरि उहाँलाई दश लाख ७ हजार रुपैंया ऋण कारेर दिएकी हुँ।’ पार्टी कार्यालयमा पुनले यही भनिन् । उनले दिएको निवेदनमा पनि उक्त कुरा उल्लेख गरिएकी छन् । पछिल्लो सयम एक वर्ष दिन पुग्नै लाग्दा समेत छोरा पनि नछुटेको र त्यत्तो पैंशापनि गुमेको भन्दै देवीको परिवारमा किचलो सुरु भएपछि बाध्य भएर न्याय खोज्दै पार्टी कार्यालयमा पुगेको पुनले निवेदनमा उल्लेख गरेकी छन् । त्यही झगडाले आफ्नो घरवार विग्रने वा आँफुले आत्महत्या गर्नुपर्ने परिस्थिति उत्पन्न भएको हुँदा न्यायका लागि उनले पार्टीका नेताहरु संग याचना गरेकी छन् ।

पुनले जसरी हुन्छ बुढाथोकी बाट आफ्नो दशलाख रकम फिर्ता गरिदिन र आफुलाई न्यायदिन मागपनि गरेकी छन् । विहीवार पार्टी कार्यालय घोराहीमा पुगेर पूर्व एमालेका दाङ जिल्ला अध्यक्ष एवं नेकपा ५ नं. प्रदेशका सदस्य टिकाराम खड्का र पूर्व माओवादीका जिल्ला सचिव एवं नेकपा ५ नं. प्रदेशका सदस्य रामजी चौधरी (मिलन)लाई सम्वोधन गर्दै न्यायको लागि याचना गर्दै पुनले निवेदन बुझाएकी हुन ।

आरोपित युवा नेता बुढाथोकी मुख्य मन्त्री शंकर पोखरेलका प्रिय पात्र मानिन्छन् । पोखरेलकै नाम भजाएर उनले प्रहरी प्रशासनमा राम्रो पकड जमाउँदै आएको पूर्व एमालेकै नेताहरु बताउँछन् ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *