२०८१ बैशाख ८ गते शनिवार

दाङमा विहीवारसम्म ८ स्वास्थ्यकर्मी संक्रमित


तुलसीपुर, असार ४ । दाङमा विहीवार सम्म ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमन फेला परेको छ । विहीवार घोराही उपमहानगरपालिका वडा नं. १० का ३२ बर्षीय स्वास्थ्यकर्मीमा संक्रमन फेला परेको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।संक्रमित स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टिनमा खटिदै आएका थिए ।

मंगलवार मात्रै दाङको राजपुरकी एकजना स्वाब संकलनमा खटिदै आएकी एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण फेला परेको थियो । राजपुर गाउँपालिकामा ल्याब असिष्टेन्ट २५ वर्षीया स्वास्थ्यकर्मीमा संक्रमन भेटिएको हो । उनी स्वाब संलकनको लागि खटिदै आएकी स्वास्थ्यकर्मी रहेको चन्दले बताए । यसअघि घोराही वडा नं. ४ को स्वास्थ्य चौकीमा कार्यरत ३१ र ५७ बर्षीया दुई महिला स्वास्थ्यकर्मीमा संक्रमन फेला परेको थियो ।

घोराही वडा नं. २ रामपुरको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत ४६ बर्षीय एक पुरुष र वडा नं. ३ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत ४८ बर्षीय एक अर्का पुरुषमा पनि कोरोना संक्रमन देखिएको छ । उनीहरु क्वारेन्टिनमा रेखदेखमा खटिदै आएकाहरु हुन । अब घोराहीमा मात्रै ५ जना स्वास्थ्यकर्मीमा संक्रमन पुष्टि भइसकेको छ ।यसअघि राप्ती गाउँपालिकाका १ र लमही नगरपालिकाका थप १ जनामा पनि कोरोना संक्रमन फेला परेको थियो ।

वडाध्यक्ष र सदस्य पनि संक्रमन
आइतवार जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ का एक वडा सदस्य, एकजना स्वएंम सेवक र एकजना भान्सेमा कोरोना संक्रमन पुष्टि भएको थियो । यसअघि सोही गाउँपालिकाका एक वडाध्यक्षलाई पनि कोरोना संक्रमन पुष्टि भएको थियो । ती वडाध्यक्ष अझैं आइसोलेनसमै छन् । यसले समुदायमा पनि कोरोना फैलन थालेको भन्दै स्थानीय त्रसिद बन्न थालेको गाउँपालिकाका स्वास्थय संयोजक भक्तबहादुर जिसीले बताए ।

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *