२०८१ बैशाख ८ गते शनिवार

दिनभर खोज्दा पनि बेपत्ता डिसी फेला परेनन्

दाङ, मंसिर १०। घोराहीस्थित तालमा डुवेका भनिएका एक युवाको खोजीको लागि कुलिनटार बाट गोताखोर झिकाइएको छ। सोमवार दिनभर खोज्दा पनि बेपत्ता युवा फेला नपरेपछि गृहमन्त्रालयलाई भनेर उनको खोजी गर्न गोताखोर झिकाइएको हो। घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १८ वर्षीय लक्ष्मण डिसी आइतवार बेलुका ४ बजे नहुाउनका लागि तालमा पसेपछि बेपत्ता रहँदै आएका छन् । घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ गुलरियामा घोराही उपमहानगपरपालिकाले निर्माण गरेको कृत्रिम तालमा डिसी डुवेर बेपत्ता भएको दाङका प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

डिसी तालमा डुवेको भन्ने खवर लगतै पछि आइतवार बेलुकादेखि नै उनको खोजी हुँदै आएको छ । ३० घन्टा सम्म खोज्दापनि फेला नपरेपछि प्रहरीले गोताखोर झिकाएर डिसीको खोजी गर्न थालेको हो । सोमवार बेलुका मात्रै जिल्लामा आएका गोताखोरले मंगलवार विहान घाम लागेपछि डिसीको खोजी थाल्ने एसपी पाण्डेले बताए । ‘विहान चिसो पनि हुन्छ र तुँवालो पनि लागेको हुन्छ, त्यसैले घाम लागे लगतै खोजी थाल्ने छौं,’ एसपी पाण्डेले भने । पाण्डेले सोमवार विहानैदेखि खोजी भएपनि सफलता नमिलेको बताए । तालको पानी सुकाउन चार÷पाँच वटा मोटरले पानी दिनभर तान्दा पनि तालको पानी नसुकेको हुँदा समस्या भएको बताइएको छ ।

आइतवार १८ बर्षीय डिसी गुलरियामा साथीहरु संगै क्रिकेट खेलिसकेपछि नुहाउन भनि तालमा पसेको बताइएको छ । क्रिकेट खेलिसकेपछि डिसी संगै उनका साथीहरु पनि नुहाउन गएको भएपनि डिसी मात्रै डुबेको भन्ने जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
‘ क्रिकेट खेलिसकेपछि साथीहरु मिलेर संगै तालमा पौडी खेल्न पसेछन्, तर त्यही क्रममा डिसी भने बेपत्ता भएको भन्ने छ,’– जिल्ला प्रहरी प्रवक्ता रामप्रशाद घर्तीले भने ‘त्यसवारेमा प्रहरीले उनका साथीहरु संग अनुसन्धान गर्दै छ।’ तालमा हिलो हुनु, पानी नसुक्नु जस्ता कारणले खोजी प्रर्भावकारी हुन नसकेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस 

तालमा डुवेका युवा खोज्न सेना परिचालन

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *