२०८१ बैशाख १३ गते बिहिवार

तालमा डुवेका युवा खोज्न सेना परिचालन

फोटो: केशरमान बुढाथोकीको फेसबुकबाट

राजेश खत्री, दाङ, मंसिर १० । घोराहीको एक तालमा डुवेका युवाको खोजीको लागि सेना परिचालन गरिएको छ । तालमा डुवेका ती युवा २० घन्टा पुग्दा सम्म पनि फेला पर्न नसकेपछि उनको खोजी गर्न सेना परिचालन गरिएको हो ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षीय लक्ष्मण डिसी आइतवार बेलुका ४ बजेदेखि नहुाउने क्रममा तालमा डुवेर बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेका अनुसार डिसी क्रिकेट खेलिसकेपछि नुहाउन भनि तालमा पस्दा बेपत्ता भएको जानकारी दिए । घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ गुलरियामा निर्माण गरेको कृत्रिम जलासयमा डिसी डुवेर बेपत्ता भएदेखि नै उनको खोजी जारी रहेपनि यो खवर तयार पार्दा सम्म डिसी फेला पर्न सकेका छैनन् ।

साथीहरु संगै क्रिकेट खेलेपछि डिसी नुहाउन भनि तालमा पसेपछि बेपत्ता भएको उनका साथीहरुले बताएका छन् । जलाशय धेरै गहिरो रहेको तथा पानीको सतह धेरै भएको हुँदा बेपत्ता डिसीलाई फेला पार्न नसकिएको एसपी पाण्डेले जानकारी दिए । नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीले डिसीको खोजी जारी राखेको प्रहरीले जानकारी दिएको छ । पानी सुकाउन चार वटा मोटरले पानी निरन्तर निकालिएको भएपनि जलासयको पानी सुकाउन मुस्किल भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *