२०८१ बैशाख १३ गते बिहिवार

नेकपाका वडा अध्यक्ष पदका उम्मेदवार काँग्रेसका पार्टी प्रवेश


दाङ,मंसिर ७ । गत निर्वाचनमा तत्कालिन एकीकृत नेकपा माओवादीबाट वडा अध्यक्ष पदमा प्रतिपर्धा गरेका डम्मरबहादुर खत्री नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका छन् । खत्री गत स्थानीय निर्वाचनमा बबई गाउँपालिका वडा नं. ३ मा तत्कालिन माओवादीबाट वडा अध्यक्ष पदका उम्मेदवार हुन ।

शनिवार नेपाली काँग्रेसले शान्तिनगर गाउँपालिका वडा नं. ३ मा आयोजना गरेको चुनावीसभामा खत्रीलगाएतका नेकपा नेता कार्यकर्ता उक्त पार्टी परित्याग गरि नेपाली काँग्रेस पार्टीमा पार्टी प्रवेश गरेका हुन । वडा अध्यक्षका उम्मेदवार नै नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नुले नेपाली काँग्रेस थप उत्साहित बनेको काँग्रेसको दाङका सचिव शंकरप्रशाद डाँगीले जानकारी दिए ।

नव प्रवेशीहरुलाई पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा,केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय देवेन्द्रराज कँडेल, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी,जिल्ला सभापति कीर्तिबहादुर खड्का लगाएतले स्वागत गर्दै पार्टी सदस्यता प्रदान गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *