२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरमा लैगिंक समानता नितिको आवश्यक विषयक २ दिने कार्यशाला गोष्ठी सुरु

यमकला भुसाल,तुलसीपुर,२ मंसिर ।  लैगिंक समानता नितिको आवश्यक विषयक कार्यशाला गोष्ठी सोमवारदेखि तुलसीपुरमा सुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना एवं महिला पुर्नःस्थापना केन्द्र (ओरेक) दाङको सहकार्यमा कार्यशाला गोष्ठी सुरु भएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले लैगिंक समानता कायम गर्न लैगिंक मुल प्रवाहिकरणको आवश्यकता रहेको बताए ।

उनीहरुले तुलसीपुर उपमहानगरपालिकाका सम्पुर्ण वडाहरुमा लैगिंक समावेशीको निति बनाएर कार्यान्यन गर्न सके मात्र महिला शसक्तिकरण हुने पनि बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै महिला अधिकारकर्मी सुस्मा गिरीले महिलाहरुलाई शसक्तीकरण गराउन र महिलाहरुको जिवीकोपार्जनका लागी जनचेतना मुलक तालिम दिनुपर्ने बताइन ।

उनले भनिन्,‘–अबको ३ वर्ष भित्र उपमहानगरपालिकाले शिक्षा,स्वास्थ्य,महिला तथा बालबालिकाका लागी नेतृत्वदायी भुमिका खेल्न सक्ने निति बनाउन जरुरी छ,र समृद्धिको लागी रुपान्तरणको आवश्यक पनि छ ।

कार्यक्रममा ओरेक दाङकी जिल्ला सयोजंक इश्वरी थापाले स्थानीय तहमा लैगिंक समानता सुनिश्चितता गर्न स्थानीय तहमा बन्ने निति कार्यक्रम तथा बजेट निमार्ण प्रक्रियालाई लैगिंक मैत्री बनाउने र पालिकाका लागी लैगिंक समानता निति निमार्ण गर्ने प्रक्रियामा सहजीकरण गर्ने उद्देश्यले २ दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको जानकारी दिइन ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीरकण ओरेक दाङकी कार्यक्रम सयोजंक दिपा धितालले गरेकी थिइन ।

२ दिने गोष्ठीमा वडाका जनप्रतिनिधि,न्यायीक समिति सदस्य,महिला अधिकारकर्मी,पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

 

 

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *