२०८० चैत्र १७ गते शनिवार

यस्तो पनि हुन्छ हाम्रो दाङमा


दाङ।

एकजना थुनुवा प्रहरी कै बीच बाट भागेपछि सुरक्षार्थ गएका एकजना प्रहरी जवानलाई पक्राउ परेका छन् । सार्वजनिक अपराध अर्थात नैतिकता विरुद्धको कसुर गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी १९ बर्षीय विष्णु बुढाथोकी प्रहरी कै बीचवाट भागेपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी जवान शेरबहादुर बुढाथोकी पक्राउ परेका छन् ।

ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले प्रहरी जवान बुढाथोकीले थुनामा रहेका विष्णु बुढाथोकीलाई भगाउन भूमिका खेलेको हुँदा पक्राउ गरेर सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तरगत मुद्दा चलाइएको सेतोपाटीलाई बताए । उनले दाङ देउखुरी जिल्ला अदालतले प्रहरी जवान बुढाथोकीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती प्रदान गरिसकेको जानकारी दिए । चोरी गरेको अभियोगमा पक्राउ परेका घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी २४ बर्षीय अर्का एकजना थुनुवा वशन्त बस्नेतले पनि विष्णु बुढाथोकीलाई भगाउन भूमिका खेलेको आशंका ईप्रकाले प्रहरी जवान बुढाथोकीलाई जस्तै गरि सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तरगत मुद्दा चलाएको छ । बस्नेत चोरी गरेको अभियोगमा कात्तिक २० गते पक्राउ परेका थिए भने प्रहरी कै बीचवाट भाग्न सफल बुढाथोकी व्यक्ति कुटपिट गरेको अभियोगमा कात्तिक २३ गते पक्राउ परेका थिए ।

बुढाथोकी कसरी भागे ?

कात्तिक २३ गते व्यक्ति कुटपिट गरेको अभियोगमा पक्राउ परेका विष्णु बुढाथोकी तिहारको विदाको कारण २ दिनदेखि ईप्रका तुलसीपुरको थुनामै थिए । त्यसैले उनलाई आइतवार मात्रै म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय घोराही लगिएको थियो । त्यो बीचमा थुप्रै जुवाडे पनि पक्राउ परेका थिए । ३३ जनालाई म्याद थपका लागि घोराही लैजान ईप्रका तुलसीपुरले एउटा सार्वजनिक बसको व्यवस्था गरेको थियो । वयान सकेर ५ दिनको म्याद थपेर ईप्रका तुलसीपुर ल्याईपु¥याउँदा सम्म झुसमुसे साँझ परिसकेको थियो । विष्णु बुढाथोकी बसको दाँँया तिरको अन्तिम सिटमा बसेका थिए । त्यही सिटमा चोरी अभियोग लागेका बस्नेत र प्रहरी जवान बुढाथोकी लहरै बसेका थिए । जव ईप्रका आईपुग्न पुन नपुग एक डेढसय मिटर टाढा थियो त्यतिबेला नै विष्णु बुढाथोकीले गुडिरहेको बस बाट हाम फालेर भागे । उनले झ्यालको सिसाको सपोर्टको लागि राखिएको फलामे एंगल उत्काएर त्यही बाट हाम फालेका थिए । झ्याल वाट विष्णु हाम फालेर भागे पछि प्रहरी ढोकावाट झरेर उनलाई लखेटे । नजिकै भएको हुँदा ईप्रका तुलसीपुर बाट पनि अरु प्रहरी समान्त भनि दौडिए । तर विष्णु झुसमुसे साँझमा कता पुगे त्यसको भेउ प्रहरीले लगाउन सकेन । संयोग कस्तो थियो भने ईप्रका तुलसीपुरमा सोही दिन र केही बेर अगाडि मात्रै प्रेमबहादुर शाही प्रमुखको रुपमा सरुवमा भएर आएका थिए ।

एकजना वन्दी वसवाटै हाम फालेर भाग्यो भन्ने त्यहाँ व्यापक हल्ला खल्ला भयो । त्यहाँ डिएसपीलाई भेट्न भनि तुलसीपुर क्षेत्रका केही उद्योग र व्यापारी पनि पुगेको थिए । त्यो कुरा सुनेपछि शाही वाक्क मान्दै बाहिर निस्किए । प्रहरीले वस वाट हाम फालेका १९ वर्षिय विष्णु बुढाथोकीलाई फेला पार्ने आशामा यो कुरा यतिदिन सम्म लुकाएर राख्यो । तर फेला पार्न नसकेपछि बुधवार मात्रै सार्वजनिक गरेको छ । त्यसमध्य पनि थप अर्को रोचक कुरा के छ भने म्याद थपका लागि ३३ जना वन्दीलाई लगेर घोराही लगेर गएका त्यहाँ ५÷६ जना प्रहरी थिए । त्यसमध्य बुढाथोकी थर भएकै कारण १९ बर्षीय विष्णुलाई भगाउन सहयोगी भूमिका खेलको भन्ने अभियोग प्रहरी जवान शेरबहादुर बुढाथोकी माथि लगाएर थुनिएको छ । जस्लाई ईप्रकाका कतिपले प्रहरीहरुले नै अन्यायपूर्ण व्यवहार भएको टिप्पनी गरेका छन् । ‘उ त्यसरी गुडिरहेको बसवाट झ्यावाटै हाम फालेर भाग्ला भन्ने कसैले कल्पना नगरेको कुरा हो, त्यसमा शेरबहादुरलाई थुन्नु न्यायोचित मान्न सकिदैन,’ एकजना प्रहरीको टिप्पनी थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *