२०८१ बैशाख ८ गते शनिवार

साफ च्याम्पियनसिप एक वर्षका लागि सर्‍यो

१६ असार । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सदस्य सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवसँग सोमबार भिडियो कन्फरेन्सबाट गरेको छलफलपछि प्रतियोगिता २०२१ का लागि सार्ने निर्णय गरेको हो ।

सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले कोरोना भाइरस (कोभिड १९)का कारण साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको जनाएको छ ।साफ च्याम्पियनसिप यो वर्ष हुने पर्ने थियो । बैठकले साफ यू-१५ च्याम्पियनसिप, साफ यू-१५ साफ महिला च्याम्पियनशिप र साफ यू-१८ महिला च्याम्पियनसिप पनि स्थागित गरिएको छ ।

उक्त बैठकमा साफका जनरल सेक्रेटरी अन्वरुल हकको उपस्थिति रहेको थियो । अहिलेको अवस्थालाई ध्यानमा राख्दै युवा प्रतियोगिताको सन्दर्भमा भने कोरोनाको स्थितिको समीक्षा गर्दै सेप्टेम्बरको शुरुमा बस्ने बैठकसम्मका लागि स्थगित गरिएको जनाएको छ । यस अघि १३ औं संस्करणको साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने तय भएको थियो ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *