२०८१ बैशाख ७ गते शुक्रवार

घोराहीमा छुरी प्रहार गरि व्यवसायीको हत्या

दाङ, मंसिर १३ । दाङमा एकजना व्यवसायीको बिहीवार बेलुका छुरी प्रहार गरि हत्या भएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेका अनुसार ४५ बर्षीय नन्दबहादुर घर्ती मगरको छुरी प्रहार बाट हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ लामिडाँडाको दुधेसोतामा घर्ती गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।

उनलाई तत्तकालै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
रोल्पा जिल्लाका स्थायी बासिन्दा घर्ती मगर पछिल्लो समय घोराही बसपार्कको पुल नजिकै माडी हार्डवयर पसल संचालन गर्दै आएका थिए । मगरको हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *