२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुर कारागारका एकजना कैदीको मृत्यु

तुलसीपुर,असार २२ । तुलसीपुर कारागारमा एकजना कैदी बन्दीको मृत्यु भएको छ ।
कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं. ४ निवासी ६५ बर्षीय अमिरुल्ला मुसलमानको सोमवार विहान मृत्यु भएको छ ।
उनी ठगी मुद्दामा २०७५ साल असोज १५ गते कारागार चलान गरिएका थिए ।
दिर्घरोगी मुलसमानलाई विहान एक्कासी गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा विहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *