२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुर–सुर्खेत सडक खण्ड अवरुद्ध

झुपलाल बुढा क्षेत्री, हापुरे।

तुलसीपुर–सुर्खेत सडक खण्ड विहानै देखि अवरुद्ध पारिएको छ । शनिवार बेलुका ५ बजेतिर बसको ठक्कर वाट एकजना युवाको मृत्यु भए पछि आइतवार विहानै देखि आक्रोसित स्थानीयले तुलसीपुर–सुर्खेत सडक खण्ड अवरुद्ध पारेका हुन ।

पुरन्धारा झरना बाट पिकनिक खाएर आउँदै गरेको राप्ती यातायात सेवा प्रालीको ना २ ख ९६३५ नम्वरको बसले ठक्कर दिदा बबई गाउँपालिका वडा नं. ५ का २३ बर्षीय मानसिंह वलीको मृत्यु भएको थियो । बबई गाउँपालिका वडा नं. ५ बगरपुरमा वलीलाई शनिवार बेलुका ५ बजेतिर ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोही बसमा चढेर आएका वलीको बस व्याक गर्ने क्रममा पछाडि बाट ठक्कर दिदा मृत्यु भएको प्रत्यक्षदर्सीले बताएका छन् । चालकले मदिरा सेवन गरि बस चलाएको हुँदा उक्त दुर्घटनान भएको आरोप स्थानीयले लगाएका छन् । घटना स्थलमै मृत्यु भएका वलीको सब अझैं सडक मै रहेको छ ।

परिवारका आफन्तले सव उठाउन नमानेपछि प्रहरीले रातभर सडकमै सवको सुरक्षाको लागि पहरा दिएको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *