२०८१ बैशाख १३ गते बिहिवार

दिनभर बजार खोल्न पाउनुपर्ने तुलसीपुरका व्यवसायिको माग

शरद रेग्मी,
तुलसीपुर, असार १७  तुलसीपुरमा बुधवार व्यवसायीका बीचमा छलफल भएको तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, तुलसीपुर च्याम्वर नेपाल राष्ट्रिय व्यापार संगठनका पदाधिकारीहरुको संयुक्त रुपमा छलफलगरेका हुन छलफल असार मसान्तसम्म सहज रुपमा खोल्ने विषयमा छलफल केन्द्रित रहेको सहभागिहरुले बताएका छन्

तुलसीपुर उपमहानगरपालिकाले भने एक वडाध्यक्षलाई कोरोना पोजेटिभ देखिएको हुँदा कन्ट्रयाक्ट ट्रेसिङ पछि उनीहरुको रिपोट हेरेर मात्रै बजार खोल्नु उचित हुने बताउँदै आएको छलफलमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष विरु रावतले भने बजार मात्र नभइ बैंक, विद्युत आन्तरिक राजश्वकार्यालय समेत बन्द गर्नुपर्ने माग गरेका थिए तर उनले असार मसान्त व्यवसायिको लागि महत्वपुर्ण पर्व जस्तै भएको भन्दै  खाता बन्द नयाँ सञ्चालन गर्नका लागि पनि बजारखोल्नुपर्ने माग गरेका थिए

छलफलकै क्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनकप्रसाद खरालले पनि त्यही माग गरेका छन् स्थानीयसरकार प्रशासनले असार मसान्तसम्म पनि बजारलाइ खोल्न नदिए व्यवसायीहरु सडकमै आउन सक्ने चेतावनी उनले दिए

तुलसीपुर चेम्वर अफ कमर्शका अध्यक्ष टोपवहादुर घर्तीले पनि बजार खोल्नुपर्ने धारणा राखे तुलसीपुर उद्योग बाणिज्य संघकायसअिघका अध्यक्ष विमल रिजालले असार मसान्तसम्म बजार खोल्नु पर्ने बताए   उनले सांझ बजेसम्म बजार खोल्न पाउनु पर्ने मागगरे युवा व्यवसायी दामोदर भण्डारीले दिउसो १२ बजे सम्म मात्रै खोल्नु भन्दा  दिनभरी खोल्दा भिडभाड कम हुने बताए

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *